पोखरा र ललितपुर गोलरहित बराबरीमा रोकिए

45Shares
पोखरा र ललितपुर गोलरहित बराबरीमा रोकिए

१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनएसएल मा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।दुबै टिमले गोलका केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेनन् । यस सिजनको यो पहिलो गोलरहित बराबरी हो ।