१३ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।समूह ‘एच’अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोविरुद्ध २(१ को पुनरागमनसहितको जित हात पार्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।पछिल्लो तीन सिजनमा बार्सिलोना नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । सन् २०२०(२१ मा अन्तिम १६ मा पगेको बार्सिलोनाले त्यसपछिको दुई सिजन समूह चरण पार गर्न सकेको थियो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा ब्राजिलियन विगंरले पेपेले ३०औं मिनेटमा गोल गर्दै पोर्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकने ।३२औं मिनेटमा जाओ कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल गरे । कान्सेलोकै पासमा जाआओ फेलिक्सले ५७औं मिनेटमा विजयी गोल गरे ।
जितपछि ५ खेलबाट १५ अंक जोडेर बार्लोना समूह एचको शीर्ष स्थानमा छ । पोर्टो र साख्तर डोनेस्कको समान ९ अंक छ ।अर्को खेलमा साख्तरले रोएल एन्टवर्पलाई १(० ले हरायो । अब पोर्टो र साख्तरबीच हुने खेलबाट नकआउट चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।जितपछि पाँच खेलबाट डर्टमण्डको १० अंक छ । समान खेलबाट पीएसजी ७ अंकसहित दोस्रो स्थानमा छ । न्युकासल र एसी मिलानको समान पाँच अंक छ । अन्तिम चरणको खेलपछि यस समूहबाट नकआउट चरण पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।यस्तै समूह ‘ई’अन्तर्गत एट्लेटिको मड्रिडले फेयनुर्डलाई ३(१ र लाजियोले सेल्टिकलाई २(० ले हराउँदै नकआउट चरणमा स्थान बनाए ।जितपछि एट्लेटिको ११ अंकसहित शीर्ष स्थानमा छ भने लाजियो १० अंक जोडेर दोस्रोमा छ । अब यी दुईबीच हुने अन्तिम खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।