आईसीसीको विश्व कप टिम घोषणा : पाकिस्तानी खेलाडी परेनन्

45Shares
आईसीसीको विश्व कप टिम घोषणा : पाकिस्तानी खेलाडी परेनन्

६ मंसीर काठमाडौं । आईसीसीले सन् २०२३ को विश्वकप खेल्ने खेलाडीहरूमध्येबाट ड्रिम टिम टोली तयार गरेको छ । यसमा पाँच देशका १२ खेलाडीलाई स्थान दिइएको छ । आईसीसीले यसलाई ‘टिम अफ द टुर्नामेन्ट’ भनेको छ ।आईसीसी विश्वकप टोलीमा सबैभन्दा बढी ६ खेलाडी भारतका छन् । टोलीको कमाण्ड पनि भारतीय कप्तान रोहित शर्मालाई सुम्पिएको छ ।आइतबार अहमदाबादमा भएको फाइनलमा अष्ट्रेलियासँग भारतीय टोली पराजित भएको थियो ।अस्ट्रेलियालाई च्याम्पियन बनाएका र फाइनलमा म्यान अफ द म्याच चुनिएका ट्राभिस हेडले आइसीसी टोलीमा स्थान पाउन सकेका छैनन् । फाइनलमा हेडले १३७ रन बनाएका थिए ।यो टोलीमा दुई अस्ट्रेलियाली खेलाडी ग्लेन म्याक्सवेल ४०० रन र एडम जाम्पा २३ विकेटले स्थान पाएका छन् ।टोलीमा सबैभन्दा बढी ६ खेलाडी भारतका छन् । रोहित शर्मा ५९७ रन टिमको कप्तान बनेका छन् । टोलीमा परेका भारतीय खेलाडीमा विराट कोहली ७६५ रन, केएल राहुल ४५२ रन, रविन्द्र जडेजा १२० रन र १६ विकेट, जसप्रित बुमराह २० विकेट र मोहम्मद शामी २४ विकेट छन्।यो टोलीमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक ५९४ रन र जेराल्ड कोएट्जी १२औं खेलाडी, न्यूजिल्याण्डका ड्यारेल मिचेल ५५२ रन र श्रीलंकाका दिलशान मधुशंका २१ विकेट छन्।टोली छनोट गर्नेमा इयान बिशप, तीन कमेन्टेटर, एकजना पत्रकार र आईसीसीका महाप्रबन्धक वासिम खान थिए ।