भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगीताबाट पाकिस्तान घर फर्कियो

42Shares
भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगीताबाट पाकिस्तान घर फर्कियो

२६ कात्तिक काठमान्डौ आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ। शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो।पाकिस्तानले सबै ९ खेल खेल्दा ८ अंक जोड्यो। पाकिस्तानको हारसँगै न्युजिल्यान्डले सम्भावित सेमिफाइनल यात्रा पक्का भयो।अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन्।शनिबार कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३७ रन जोड्यो।इंग्ल्यान्डका लागि वेन स्कोक्सले ८४ रन, जोए रुटले ६० रन र जोनी बार्यस्टोले ५९ रन जोडे। बलिङमा पाकिस्तानका हरिस रउफले ३ विकेट लिँदा शाहीन शाह अफ्रिदी र मोहमद वासीमले २, २ विकेट हात पारे।३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३,३ ओभरमा २४४ रनमा अलआउट भयो।