विश्वकप क्रिकेट : भारतले दक्षिण अफ्रिकालाई हरायो

762Shares
विश्वकप  क्रिकेट : भारतले दक्षिण अफ्रिकालाई हरायो

२० कात्तिक भारत । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले लगातार आठौं खेलमा जित निकालेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ।
भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्‍यो। कोलकतामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो।भारतका लागि विराट कोहलीले नटआउट १०१ रन जोडे भने श्रेयस अय्यरले ७७ रनको योगदान गरे। यो कोहलीको ४९औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो। यससँगै कोहलीले सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने सचिन तेन्दुल्करको रेकर्ड बराबरी गरे।