विश्वकप क्रिकेट : अफगानिस्तानको शानदार प्रदर्शन जारी, श्रीलंका पराजित

51Shares
विश्वकप क्रिकेट : अफगानिस्तानको शानदार प्रदर्शन जारी, श्रीलंका पराजित

१४ कात्तिक काठमान्डौ । भारतमा जारी एकदिवसीय विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर २८ बल अगावै पछ्यायो ।
अफगानिस्तानको यो लगातार दोस्रो र समग्रमा प्रतियोगिताको तेस्रो जीत हो । यसअघि अफगानिस्तानले पाकिस्तानलाई आठ विकेट र इंग्ल्याण्डलाई ६९ रनले हराएको थियो ।
सोमबार श्रीलंकाविरुद्ध पहिलो ओभरमा नै रहमानुल्लाह गुरबाजलाई शून्य रनमा गुमाए पनि अफगानिस्तानले त्यसपछि आफूलाई सम्हाल्दै विजय लक्ष्यतर्फ अघि बढेको थियो । रहमत शाहले ६२ रन तथा इब्राहिम जादरानले ३९ रन बनाउँदै अफगानिस्तानको पाली सम्हालेका थिए ।त्यसपछि कप्तान हस्मतुल्लाह शाहिदीले नटआउट रहँदै ५८ तथा अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै ७३ रन बनाएर टोलीलाई जीतसम्म डोर्‍याए । श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कासुन रजिथाले १ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९।३ ओभरमाा सबै विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । श्रीलंकाका ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरे पनि कसैले पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् ।