२७ असोज काठमान्डौ । न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै एकदिवसीय विश्वकपमा लगातार तेस्रो जीत हासिल गरेको छ । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२।५ ओभरमा पछ्यायो ।न्युजिल्याण्डले पहिलो खेलमा साबिक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । बंगलादेशविरुद्ध लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात भने सोचे अनुरूप भने हुन सकेन । रचिन रवीन्द्र तेस्रो ओभरमा नै ९ रन बनाएर मुस्तफिजुर रहमानको बलमा विकेटकिपर मुसफिकुर रहिमबाट क्याच आउट भए । त्यसपछि भने डेभोन कनवे र कप्तान केन विलियमसनले खेल सम्हाले ।