२० असोज । आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगालदेशले विजयी सुरुवात गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेटको क्षतिमा ९२ बल अगावै पछ्याएको हो ।
बंगलादेशलाई जीत दिलाउन नजमुल होसेन सान्तोले नटआउट रहँदै ५९ रन बनाए । उनलाई मेहदी हसन मिराजले ५७ रन बनाउँदै राम्रो साथ दिए । अफगानिस्तानका लागि फजलहक फारुकी, नवीन उल हक र अज्मतुल्लाह ओमाराजीले १–१ विकेट लिए ।यसअघि अफगानिस्तान बंगलादेशविरुद्ध मात्र १ सय ५६ रनमा समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान मात्र ३७/२ ओभरमा अलआउट बन्यो ।अफगानिस्तानलाई सस्तोमा समेट्न बंगलादेशका कप्तान शाकिब अल हसन र मेहदी हसन मिराजले ३–३ विकेट लिए ।