१८ असोज काठमाडौं । भारतमा सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटमा साविक उपविजेता न्यूजिल्याण्डले विजयी सुरुवात गरेको छ । अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै जितसहित सुरुवात गरेको छ ।इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्यूजिल्याण्डले ३६।२ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्याण्डको जितमा ओपनर डेभोन कोन्वे र रचिन रविन्द्रले सतकीय पारी खेले । उनीहरुले न्यूजिल्याण्डका लागि २७३ रनको कीर्तिमानी साझेदारी गरे । कोन्वेले १२१ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १५२ रन बनाए ।
यस्तै रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १२३ रन बनाए । इंग्ल्याण्डका शाम करनले १ विकेट लिए ।यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो ।