६ असोज काठमान्डौ । कुनै पनि निर्वाचन लडनका लागी प्रस्तावक र समर्थकको आवश्यकता पर्दछ । तर शनिवारनेपाल क्रिकेट सङ्घ क्यानको निर्वाचनमा अध्यक्षमा लडने भनेर हल्ला गर्दै मिडियामा आएका बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राज भण्डारीले प्रस्तावक र समर्थक नभेटाएपछि उमेदवारी नै दिन नसक्ने भएपछि नेपाल क्रिकेट सङ्घ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह बाहेक अरुको उम्मेदवारी परेको छैन। अन्यको उम्मेदवारी नै नपरे पछि सिंह नै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। क्यानको निर्वाचनका लागि उम्मेदवारी दिन बिहान ९ः १५ देखि १०ः१५ सम्मको समय निर्धारण गरिएको थियो।यस्तै कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।अब सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ। पारसले चतुरबहादुर चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन्। उनी केही अघिमात्रै बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए।अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट सङ्घका अध्यक्ष समेत रहेका विनय राज भण्डारीको प्रस्तावक र समर्थक दुबै नभएपछि उनी अध्यक्षको दौडबाट पछि हटेका थिए।यसै विच स्रोतका अनुसार राजभण्डारीले दुईवटा मुख्य माग राखेका छन् । पहिलो नेपालको ए टिम बनाउने र दोस्रो खेलाडीहरुलाई सरकारले घोषणा गरेको नगद पुरस्कार दिलाउने । चन्दले यी दुवै माग एक महिनाभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका फाराम भण्डारीले च्यातेका थिए । त्यस बेला सम्म प्रस्तावक र समर्थकले हस्ताक्षर गरेका थिएनन ।