विराट कोहलीको टेस्ट क्रिकेटबाट सन्यास

777Shares
विराट कोहलीको टेस्ट क्रिकेटबाट सन्यास

२९ वैशाख काठमान्डौ । भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूले सन्यास लिएको घोषणा गरेका हुन्।३६ वर्षीय कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरूद्ध टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए।

कोहलीले हालसम्म १२३ टेस्ट म्याच खेलेका छन्। जसमा ९ हजार २ सय ३० रन बनाएका छन् भने उनको औषत ४६. ८६ रहेको छ। कोहलीले टेस्टमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्।