२७ भदौ, काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले आईडब्लुए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । साउदी अरबको रियादमा जारी खेलमा उनले पुरुष ९६ केजी तौल समूहमा स्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।नेपाल भारोत्तोलन संघका अनुसार विशालले स्न्याचतर्फ १२६ केजी, क्लिन एण्ड जर्कमा १६५ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । विशालले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् ।
विशालले यसअधि गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा विशाल सिंहले ब्याचमा १२० केजी, क्लिन एण्ड जर्कमा १६१ र समग्रमा १८१ केजीको कीर्तिमान बनाएका थिए ।