अब पालो आशिफ शेखको : लाग्यो बलात्कारको आरोप

72Shares
अब पालो आशिफ शेखको : लाग्यो बलात्कारको आरोप

२५ भदौ काठमान्डौ । सन्दीप लामिछानेको बलात्कारको मुद्दाको किनारा नलाग्दै अर्का क्रिकेटर आशिफ शेखलाई बलात्कारको आरोप लागेको छ।
एक युवततिले आफुलाई आशिफ शेखले बलात्कार गरेको उजुरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिईन। त्यहाँबाट उनलाई कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले भने महिलाको उजुरी नलिएको स्रोतले वताएको छ।स्रोतका अनुसार महिला सेलले उजुरीमा रित नपुगेको भन्दै फर्काएपछि पीडितहरु आज रितपूर्वकको उजुरी दिएर जाने तयारीमा छन्।प्रहरीले भने रितपूर्वक निवेदन आए आशिफमाथि अनुसन्धान हुने जनाएको छ।