काठमाडौं
इङ्ल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा पुगेको छ । हालसम्म उपाधिको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड सोमबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
इङ्ल्यान्ड र नाइजेरियाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित र थप गरिएको समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा भने इङ्ल्यान्डले आफूलाई अब्बल सावित ग¥यो ।
पेनाल्टी सुटआउटमा इङ्ल्यान्डका लागि बेथानी इङ्ल्यान्ड, राचेल डाली, एलेक्स ग्रिनउड र म्यागी केलीले गोल गरे । इङ्ल्यान्डकी जर्जिया स्टानवे भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल भइन् । नाइजेरियाका लागि रासिदात अजिबाड र क्रिस्टी उचेइबीले गोल गरे भने उगोची ओपारोनोजी र मिचेल एलोजी गोल गर्न असफल भए ।
जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने इङ्ल्यान्ड पाँचौं राष्ट्र हो ।