एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, को को छन् टोलीमा ?

960Shares
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, को को छन् टोलीमा ?

शनिबार, १३ साउन, २०८०,

काठमाडौं,

नेपाल क्रिकेट संघ (क्यान)ले १९ औं एसियन गेम्सका लागि खेलाडीको नामावली घोषणा गरेको छ ।

जसमा राष्ट्रिय टोलीबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद(राखेप)मा बुझाइसकेको छ ।

घोषणा गरेको टोलीमा कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।

टी–२० फर्म्याटमा हुने खेलका लागि विवेकले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

विनोद भण्डारी र अभिनाश बोहोरा पनि एकदिवसीय फम्र्याटका खेलमा टिप बाहिर थिए ।

हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदको टिममा छैनन् ।