सोमबार, २५ असार, २०८०,
काठमाडौं,
नेदरल्यान्ड्सलाई १२८ रनले पराजित गर्दै श्रीलंका आइसिसी एकदिवसीय विश्वकप छनोट च्याम्पियन बनेको छ
आइतबार जिम्बावेको हरारेमा भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २३३ रन जोड्यो । श्रीलंकाका लागि सहन अराच्चिङे सर्वाधिक ५७ रन जोडे ।
बलिङमा नेदरल्यान्ड्सका भान वीक, रायन क्लइन, विक्रमजित सिंह र सकिब जुल्फिकरले समान २–२ विकेट लिए ।
२३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३.३ ओभरमा १०५ रनमै अलआउट भयो ।
उसका लागि म्याक ओ’डाउडले सबैभन्दा बढी ३३ रन जोडे । नेदरल्यान्ड्सका ३ ब्याट्सम्यान शून्यमा आउट हुँदा ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा श्रीलंकाका दिलसान मुधुशंका ४ विकेट लिँदा महीश तीक्षणाले ३ विकेट हात पारे ।
फाइनल खेलेका श्रीलंका र नेदरल्यान्ड्स दुवै टिम यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।