६ मंसिर काठमाडौं । इमिलियानो मार्टिनेजले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेपछि अर्जेन्टिनाले फिफा विश्वकप २०२६ छनोटमा पेरुविरुद्ध १–० को जित निकालेको छ ।
बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई तीन अंक दिलाउन मार्टिनेजले ५५औँ मिनेटमा निर्णायक गोल गरे । यो गोलसँगै मार्टिनेज अर्जेन्टिनाबाट पाँचौँ सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले अर्जेन्टिनाबाट ३२ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
जितसँगै तीन अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट सात अंक जोडेको पेरु भने तालिकाको पुछारमा छ ।