४ मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक भएको छ।
मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। सो खेल मध्यान्ह १२:१५ मा हुनेछ।
त्यसपछि दिनको दुई खेल हुनेछन्। पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउसो सवा १ बजे हुनेछन्।