१ मंसिर काठमाडौ । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ ।
नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६.४५ बजेदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४ ० गोल अन्तरले पराजित भएको थियो ।
अफगानिस्तानसँग खेल्ने उक्त खेलमा २३ सदस्यीय नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु , दीप कार्की, विशाल सुनार, डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । फरवार्ड जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी रहेका छन् ।