क्रोएसिया नेसन्स लिगको फाइनलमा, नेदरल्यान्ड्सल ४–२ गोलले पराजित

48Shares
क्रोएसिया नेसन्स लिगको फाइनलमा, नेदरल्यान्ड्सल ४–२ गोलले पराजित

बिहिवार, जेष्ठ ३२, २०८०

काठमाडौँ

क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । ब्रुनो पेटकोझिच र लुका मोडरिचले अतिरिक्त समयका गरेको गोलका कारण क्रोएसिया फईनल पुगेको हो ।

गत वर्षको विश्वकपमा सेमिफाइनल पुगेको क्रोएसियाले अब देशका लागि पहिलो उपाधि जित्न सक्ने संघारमा पुगेको छ ।

नेदरल्यान्ड्सले डोनयेल मालेनको गोलले अग्रता लिएपछि क्रोएसियाका लागि आन्द्रेज क्रामारिच र मारिया पासालिचले गोल गरे । नोआ लांगले ९६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको थियो । त्यसै त्रममा क्रोएसियाले आफ्नो टिम अतिरिक्त समयको सबैभन्दा बलियो टिम भएको सावित गरेको थियो ।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल स्पेन र इटालीबीच हुनेछ ।