आईसीसी विश्वकप छनोट खेल हुनु अघि भोलिदेखि जिम्बाब्वेमा वार्मअप खेलहरु हुँदैछन् । नेपालले पहिलो वार्मअप खेल चिर प्रतिद्वन्द्वी यूएईसँग खल्नेछ ।
ओल्ड हेनरिज क्रिकेट मैदानमा नेपाली समयअनुसार भोलि दिउँसो पौने २ बजेपछि खेल हुनेछ । विश्वकप छनोट खेल्ने १० मध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक्लो मुलुक हो । त्यसैले नेपालले यूएई र ओमानसँग प्राप्त वार्मअपको अवसरलाई सक्दो
सदुपयोग गर्नेछ ।
युएई र नेपालबीच डिभिजन टूदेखि एसियाकप छनोटसम्म लगातर भेट भएको छ । पछिल्ला चार खेलदेखि युएईविरुद्ध नेपाल अपराजित छ । नेपालले दोस्रो वार्मअप खेल बिहीबार ओमानसँग खेल्ने छ ।
विश्वकप छनोटमा नेपालले असार तीन गते पहिलो खेलमा आयोजक जिम्बाब्वेको सामना गर्नेछ । नेपाल समूह ए मा घरेलु टोली जिम्बाब्वे, बलियो वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्ससँगै छ । समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमन र युएई छन् ।