वेष्टह्यामलाई युरोपा कन्फेरेन्स लिग को उपाधि

33Shares
वेष्टह्यामलाई युरोपा कन्फेरेन्स लिग को उपाधि

बिहिवार, २५ जेठ, २०८०

काठमाडाैं,

युरोपा कन्फेरेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले जितेको छ ।

फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्टह्याम गए राति च्याम्पियन बनेको हो । प्रागमा भएको खेलमा जारोर्ड बोवेनले खेलको अन्तिम समयमा गोल गरेपछि वेष्टह्याम विजयी भएको हो ।

वेष्टह्यामसँग ४३ वर्षदेखिको उपाधि खडेरी थियो । युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता जितेपछि उक्त खडेरी तोडेको छ ।
वेष्टह्यामले पछिल्लो पटक १९८० मा एफए कप जितेको थियो ।

त्यसअघि ६२ औं मिनेटमा सेद बेनराहमा पेनाल्टीमार्फत गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।
तर ६७औं मिनेटमा जियाकोमा बोनाभेन्तुराले फियोरेन्टिनाका लागि बराबरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि ९०औं मिनेटमा बोवेनले गोल गर्दै वेस्टह्यामलाई २–१ को जित दिलाए ।

च्याम्पियन बनेसँगै वेष्टह्यामले अर्को सिजनको युरोपा लिगमा स्थान पक्का गरेको छ ।