एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी र वालिङबीच प्रतिस्पर्धा हुने

15Shares
एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी र वालिङबीच प्रतिस्पर्धा हुने

१६ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो । कोशीका लागि सञ्जुमाया तामाङले १० औं मिनेटमा, समिक्षा मगरले ५१ र ५९ मिनेट र प्रतिक्षा राईले ६८ औ मिनेटमा गोल गरेका थिइन् ।

महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १-१ लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ गर्ने छन् ।

लिगमा अनुमानित बजेट २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।