विहिबार,जेठ ११, २०८०
इन्डियन प्रिमियर लिगमा गएराति भएको पहिलो इलिमिनेटमा मुम्वाईले लखनउलाई ८१ रनले पराजित गर्यो ।
मुम्वाईले पहिले व्याटिङ गर्दै ८ विकेटको क्षतिमा १८२ रन वनाएको थियो । १८३ रनको लक्ष पछ्याउदै जवाफि व्याटिङमा उत्रेको लखनउ १६ दशमलव ३ ओभरमा १०१ रन जोड्दै अल आउट भयो । यो सँगै लखनउको आइपिएल यात्रा यो सिजनका लागि समाप्त भएको छ ।
मुम्वाईले अव फाईनलमा आफ्नो स्थान सुरक्षित बनाउन भोलि डिफेन्डिङ च्यान्पियन गुजरातको सामना गर्ने छ । चेन्नाई भने फाईनल खेलको प्रतिक्षामा छ ।