कविता : प्राकृतिक प्रकोप

1KShares
कविता : प्राकृतिक प्रकोप

                                               भीम रेग्मी

प्राकृतिक प्रकोप

प्राकृतिक प्रकोप समयको एक ताण्डब

प्रकृतिको क्रन्दन

१९९० को भुकम्प वा २०७२ को कम्पन

२०४८ को बाढी वा २०७६ को कोभिड

समय एकपटक फेरि मृत्यु बोक्ने काल बनेर

वरिपरि घुमेको छ

प्रकोपको बाटोमा भेटेका ढुङ्गा माटो उठाउँदै

तिमीलाई समयले फेरि हानेको छ

हामी बाँचौं, हातेमालो गरेर अर्को दिन देख्न ।

 

मध्यरातमा ठूलो गर्जनसँग एक कम्पन

शक्तिशाली भूकम्पको कम्पन

मानिसको अवस्था युद्धमा परेको जस्तो छ

झुप्राहरू लरखराउँछन्

भवनहरू नाच्छन्

मानिसहरू गुन्द्रीमा ढल्छन् र तल खस्छन्

कंक्रीटको भवनको थुप्रो बजारिन्छ माटोमा

चर्को स्वरमा भय आउँछ

कहिले पानीले आफ्नो बाटो समात्छ

सबै लिन्छ मेरै भनेर

प्रकृतिले देखाएको यो क्रोध हो।

 

समयको तूफान यति बलियो बन्छ

समुद्रमा उफ्रेको सुनामी

इण्डोनेशियामा अजीब बनेर

थाएल्याण्ड, जापान र श्रीलङ्कामा

आमा प्रकृतिलाई शक्ति देखाए झैँ

अहिले जाजरकोट र रुकुममा

बाटाहरु माटोको पर्खाल बनेर

छेकेका छन् बाटोहरूलाई ।

 

समयको तापमा हिउँको विशाल पर्खाल

लेदो बनेर हिंड्छ तलतिर

बाटोमा जेसुकै भेटोस् निल्छ अगत्सीले झैँ

समयको ज्वालामुखीमा मृत्यु लाभा बनेर

उड्छ खरानीको कणमा

मृत्यु कम्पन विशाल कालो पहाड जस्तै

चम्किरहन्छ चमक चमक गरेर

प्रकोपको पुलले हृदयदेखि हृदय सम्म

टुक्रा टुक्रा भत्काउँछ शरिर ।

 

कम्पन, कालो बादल, हावा र वर्षा

एक बनेर पीडामा

एक्लै छाडिदिएको छ हामीलाई

तिमी बिना जाडो र भोकमा

आमाले एउटा बच्चालाई अर्को छेउमा सार्छिन् सुताउन

उनी त्यहीँ उभिरहेकी छिन् भोकमा

आँखा अगाडि घरको ढलेको थुप्रो हेर्दै

पटक पटक घरका टुक्राहरुमा

जीवनको भग्नावशेष देखिन्

एक पटक छ जना बच्चाहरू थिए

कोही जिवित र कोही  मृत ।

आमालाई थाहा छ

समयको आँसुमा प्रकोपको अशान्त मन

भूकम्प, सुनामी, बाढी, र ज्वालामुखीमा

भयानक र दुखद बिष्फोट हुन्छ

समयले निराशा निम्त्याउँछ

समय सबै प्राणी, मानव र प्राकृतिको हो

मैले मात्र विनाश सक्दिन रोक्न

तयारी गरौं -प्रकोपलाई कमजोर पार्न

र, – आमा प्रकृतिलाई जोगाउन ।