७ मंसीर काठमाडौँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् ।केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् ।अभियानका संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ ।झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरिरहेका छन् ।