गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

60Shares
गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

४ मंसीर रुकुम। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् ।‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले नेपाल विश्वमा भ्रष्टाचारको कारणले बद्नाम भएपछि सरकारले भ्रष्टाचारीहरुविरुद्ध अभियान थालेको बताए ।प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हिजो भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीहरु जेलमा छन् । सरकारी जग्गा व्यक्तिको नाममा बनाएर त्यसबाट राज्यलाई ठग्नेविरुद्ध पनि सरकार अभियान चलाएको छ । यस्तै, तस्करी गरेर अकुत सम्पत्ति कमाउने गिरोह हरुलाई पनि गिरफ्तार गरेर यही सरकारले गरेको छ ।’माओवादी केन्द्र नेतृत्वको सरकारले पहिलो चोटी सुरु गरेको अभियानले जाली फटाहा, शोशक, दलाल, नोकरशाहहरु आत्तिएको टिप्पणी गरे ।धेरैले सरकार र गठबन्धनको बारेमा विभिन्न भ्रम सिर्जना गर्ने षड्यन्त्र पनि गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।वर्तमान सत्ता गठबन्धन पुरै पाँच वर्ष जानेसमेत प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।