देशलाई युक्रेन बनाउन खोजियो : विप्लव

66Shares
देशलाई युक्रेन बनाउन खोजियो : विप्लव

२५ भदौ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाललाई विदेशी स्वार्थ शक्तिहरुले युक्रेनजस्तै अशान्त र युद्धभूमि बनाउन खोजेको बताएका छन् ।

समाजवादी मोर्चाले आज मोरङको विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै अकेरिकाले विकासको नाममा सहयोग देखाएर नेपाललाई पनि युद्धको चपेटामा पार्न खोजेको बताए ।सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान थालेर राम्रो काम गरेको भन्दै आफूहरु जनताको साथ लिएर सडकबाट समर्थन गर्ने बताए । नेपाली जनता पूर्ण अधिकारका लागि एकपटक एकजुट भएर परिवर्तनका लागि क्रान्तिमा आउनुको विकल्प नरहेको उनले बताए । मुलुकको अस्मितामाथि ठेस पुग्ने कुनै किसिमका सहयोग नेपालीले अस्वीकार गर्ने बताउँदै केही अर्ब रकमको लोभमा मुलुकलाई विदेशी शक्तिको स्वार्थको क्रिडास्थल बन्न नदिने बताए ।

विकासका नाममा आउने कुनैपनि विदेशी सैन्य भूमिका नेपालीलाई अस्वीकार्य हुने बताए उनको भनाई थियो ।