संसद अवराेध हटाउन राष्ट्रपतिले सर्वदलीय बैठक बाेलाउने

63Shares
संसद अवराेध हटाउन राष्ट्रपतिले सर्वदलीय बैठक बाेलाउने

काठमाडौं,
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बाेलाउने भएका छन् ।

संसद्को अवरोध हटाउने विषयलाई लिएर उनले पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका हुन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए । 

थापाका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ । ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो । भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला,’ उनले भने । 

गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रमुख प्रतिपक्ष दलका नेता के पि ओली सँग पनि योबीचमा छलफल गरेका थिए ।