माओबादी केन्द्रको केन्द्रिय समिति बैठकमा आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने

69Shares
माओबादी केन्द्रको केन्द्रिय समिति बैठकमा आज पनि केन्द्रिय सदस्यहरुले धारणा राख्ने

शनिबार, २० साउन, २०८०,

काठमाडौं,

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । आज बस्ने बैठकमा केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यसुचि रहेको छ । यहि साउन २१ सम्म चल्ने बैठको आज चौथो दिन बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ ।

बुधबारदेखि सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

अहिलेसम्म झन्डै सय जना सदस्यहरूले बोलिसकेका छन् । बाँकीले आज बोल्नेछन् ।

यसपालिको बैठकमा नाम टिपाउने सबै सदस्यहरूलाई बोल्न दिने र धारणा सङ्कलन गरेर त्यसलाई लागु गराउने पक्षमा माओवादीको नेतृत्व छ ।

हरेक सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ ।

माओवादीमा केन्द्रीय कमिटीको आकार ४०७ सदस्यीय पुगेको छ । यसअघि ३८५ सदस्य रहेकामा ३५ प्रतिशत महिलाको संख्या पु¥याउन थप भएका २२ जना महिला सदस्य शुक्रबारदेखि बैठकमा सहभागी हुन थालेका छन् ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी साढे सात सयभन्दा बढी सहभागी छन् ।