सोमबार, १५ साउन, २०८०,
काठमाडौं,
अरु पार्टीहरुले जस्तै नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।
कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् ।
साउन १७ गते देखि पाँच दीन सम्म चल्ने केन्द्रिय समिति बैठमा पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्ने शर्माले नयाँ शिरालाई जानकारी दिए
यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । बैठक साउन २ गतेदेखि १० गतेसम्म चलेको थियो ।