प्रधानमन्त्री र रास्वपाका प्रमुख सचेतक बिच भेटबार्ता

48Shares
प्रधानमन्त्री र रास्वपाका प्रमुख सचेतक बिच भेटबार्ता

सोमबार, १५ साउन, २०८०,

काठमाडौं,

प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच बिहान साढे ७ बजे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद्को भूमिका प्रभावकारी बनाउने विषयमै कुराकानी केन्द्रित रहेको परियारले बताए ।

भेटमा प्रधानमन्त्रीले संसद सञ्चालनमा रास्वपाले राम्रै भूमिका खेलेको र यसलाई अझ प्रभावकारी बनाउन रास्वपाको भूमिका अपेक्षित रहेको बताएका थिए ।

त्यस्तै छलफलमा आफूले संसदीय समितिका सभापति चयनमा ढिलाइ भइरहेको पनि बताएको परियारको भनाइ थियो ।

‘समितिमा महत्त्वपूर्ण विधेयकमाथि छलफल भइरहेको छ । तर, समितिका सभापति नहुँदा छलफल प्रभावकारी हुन सकेको छैन ।

यथाशीघ्र चयन प्रक्रिया अघि बढाउनुप¥यो भनेर ध्यानाकर्षण पनि गराए,’ उनले भने, ‘जवाफमा प्रधानमन्त्री सकारात्मक रहेको पाएँ ।
त्यस्तै प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि चासो राखेका थिए ।