काठमाण्डौं । प्रधानमन्त्री प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार राम्रो नभएको बताएका छन्।
इटालीबाट शुक्रबार स्वदेश फर्केका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा ‘राजनीतिक उद्देश्यको लागि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन।’
भने ।
उनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा सहि नभएको बताए । साथै यस्तो कुरा गर्नु राजनीतिक संस्कार पनि नभएको बताए ।
विमानस्थलमा सुन भेटिएको प्रकरणमा संसदमा विपक्षी दलका सांसदहरूले संसदमा बोल्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए।