बुधबार, १० साउन, २०८०,
काठमाडौं
नेपाली कांगे्रस आवद्ध कार्यकर्ताले अव आन्दोलनका क्रममा कुनै पनि किसिमको अभद्र व्यवहार गर्न नपाउने भएका छन् ।
नेपाली कांग्रेसले पार्टी सम्बद्ध कार्यकर्ताले आन्दोलनका क्रममा धेरै नै अभद्र र अमर्यादित व्यवहार गरेको हुनाले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।
बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्न सक्ने निर्णय गरेको छ ।
‘कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अर्थात् शारीरिक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अविलम्ब खारेज गर्ने निर्णय गरिएको छ’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।
पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृ संस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो । यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।