करिव साँढे १० महिना पछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, गम्भीर छलफलको तयारी

54Shares
करिव साँढे १० महिना पछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, गम्भीर छलफलको तयारी

बिहिबार, २१ असार, २०८०,

काठमाडौं,

नेपाली काग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले २७ असारका लागि बैठक आह्वान गरेका हुन् । बैठक अपराह्न १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
झन्डै एक वर्षपछि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा आक्रामक छलफल हुने देखिएको छ ।

बैठकका एजेन्डा
– प्रदेश र प्रतिनिधिसभा निर्वाचन र उपनिर्वाचनको समीक्षा
– सरकार फेरबदलमा पार्टीको भूमिका
– आगामी रणनीति
– भ्रातृ संस्था र विभाग गठन, कोषाध्यक्ष मनोनयन
– नीति अधिवेशन
– नेतृत्वको कार्यशैली
– समसामयिक राजनीतिक विषय

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित इतर समूहले नेतृत्वको कार्यशैलीसहितका विषय उठाउने तयारी गरेपछि बैठकमा सघन छलफलको सम्भावना छ । एता संथापन पक्षभने निर्वाचनयता नाटकीय रूपमा प्रतिपक्षमा पुगेको पार्टीलाई सत्तारूढ दल बनाउन नेतृत्वको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रतिरक्षाको मनस्थितिमा छ ।

‘निर्वाचनपछिको पहिलो बैठक भएकाले निर्वाचनको समीक्षा, सरकारको कार्यसम्पादन, पार्टीका नयाँ कार्यक्रम र आगामी रणनीतिसहित समसामयिक विषयमा छलफल हुनेछ ।’

इतर समूह प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा, गठबन्धनको औचित्य र नेतृत्वको कार्यशैलीलगायतलाई मुख्य रूपमा उठाउने तयारीमा छ । समग्र विषयमा गम्भीर छलफल हुनुपर्ने, बैठकलाई औपचारकितामा सीमित गर्न नहुने र नेतृत्वले आलोचनालाई स्वीकार गर्न तयार हुनुपर्ने लगायतका एजेण्डा इतर समुहका छन् ।

महामन्त्रीद्वय शर्मा र थापासमेतले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउने तयारी गरिरहेका छन् । महामन्त्रीद्वयले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा देउवाले आफूहरूलाई निरन्तर बाइपास गरेको विषयलाई महामन्त्रीद्वयले उठाउने तयारी गरेका छन् ।

नेपाली कांग्रेसका  नेताहरू बैठकमा सबै विषयमा गम्भीर छलफल हुने बताउँछन् ।