बिहिवार, ३२ जेठ, २०८०
काठमाडौं,
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच बिहीबार बिहान भेटघाट भएको छ ।
निधि निवास नयाँबानेश्वरमा भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो ।
वीपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धरहेको थियो सो सम्वन्धका बारेमा चर्चा गर्दै नेता निधि र राजदूत खनानले खुसी व्यक्त गरेका थिए ।
भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने बिषयमा पनि कुराकानी भएको थियो ।
यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेता निधिले दुई देशबीच भएका सम्झौता शिघ्रातीशिघ्र कार्यान्वयन हुने बिश्वास व्यक्त गरेका थिए ।
निधि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत हुन् ।