जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

108Shares
जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

सि चिनफिङको नीजि सम्पतिको लोभ गर्ने मानिस कम्युनिस्ट हुन सक्दैन भन्ने भनाइ व्यवहारमा नै लागुभएको अनुभूति भयो ।

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पार्टी उपाध्यक्ष क. अग्नीप्रसाद सापकोटाको नेतृत्वमा प्रदेश नं. १ बाट क. हर्क नेम्वाङ, मधेसबाट क. गणेश साह, वागमतीबाट क. हितमान शाक्य, गण्डकीबाट क. आसमान रोका ‘पवन’ लुम्बिनीबाट क. सुदर्शन बराल, कर्णालीबाट क. लक्ष्मीकन्या बुढा शाही, सुदुरपश्चिमबाट क. टेकेन्द्र भट्ट, विशेषबाट क. केशव नेपाल, सम्पर्क- समन्वयबाट क. डिलाराम आचार्य, आयोगबाट क. कुवेर वली, मजदुरबाट क. प्रकाश श्रेष्ठ, किसानबाट क. सेसुराम भण्डारी, वाइसिएलबाट क. सुबोध शेरपाइली, महिलाबाट क. गीता कँडेल, दलित मोर्चाबाट परशुराम रम्तेल, जनजातिबाट क. आङदावा शेर्पा, मधेसी मोर्चाबाट क. जगत यादव र विद्यार्थीबाट क. गणेश मैनाली, प्रधानमन्त्री सचिवालयबाट क. मनहरी तिमिल्सिनासमेतको २० सदस्यीय भ्रमण टोली २०८० जेठ ५ गते दिउँसो १२:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाइना एयरलाइन्सको विमानद्वारा चीनको छेन्दुतर्फ प्रस्थान गरियो ।

करिब २ घण्टा ५० मिनेटमा छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो । विमानस्थलको अति विशिष्ट कक्षमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका क. सरला, क. विजयहरुले स्वागत गर्नुभएको थियो । त्यो दिन हामी छेन्दुमै बस्यौं । भोलिपल्ट बिहान स्थानीय समयअनुसार १०:४० मा ऋश९५९९ विमानबाट ल्हासा पुगियो । विमानस्थलमा तिब्बत सरकार र पार्टीद्वारा स्वागतपछि डाउन टाउन सहरको होटल साङ्गिलामा पुगियो र दिउँसो १:०० बजे दिउँसोको खानापछि २:१० बजे ल्हासाका लागि नेपाली महावाणिज्यदुत नवराज ढकालद्वारा आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सहभागी भयौँ । सो अवसरमा महामहिम नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको पनि उपस्थिति थियो। ल्हासाको उचाई ३५७१ मिटर रहेको र अक्सिजनको कमी महसुस भएको थियो । वि.सं. १६४२ मा दौत्य सम्बन्ध भएको र १९५६ मा कन्सुलर जनरलको कार्यालय स्थापना भएको जानकारी पाइयो । होटल साङ्गिला मा फर्कियो । क. वाङ जुनज्याङद्वारा आयोजना गरिएको रात्रिभोजमा सहभागी भयौं र होटल साङ्गिलामा बास बसियो ।

२१ मे बिहान ५:०० बजे चेक आउट गरी कुन्सा एयरपोर्ट प्रस्थान ७:३० बजे त्ख९९४३ उडानद्वारा । कुन्सा पाली एयरपोर्ट ९:३० मा अवतरण गरियो । त्यहाँका मेयरद्वारा स्वागतपछि १०:०० बजे ताएरजिन टाउनतर्फ प्रस्थान गयौं । १:०० बजे लन्च खाएर हामी १:४० मा पवित्र धाम कैलाश पर्वततर्फ प्रस्थान गयौँ । कैलाश पर्वत र मानसरोवरको अवलोकन दर्शनपछि हामी पुलान काउन्टीको यिन चेङ होटलतर्फ प्रस्थान गर्यो र त्यहाँ बास बस्याँ । त्यो दिन म र केही साथीहरुलाई बढी नै अक्सिजनको कमी भएको थियो ।

२२ मेका दिन बिहान ब्रेकफाष्टपछि सीमा बजार ताक्लाकोट नजिक जहाँ नेपाली १२९ जना व्यापारीहरूले व्यापार गर्नुहुन्छ, त्यो क्षेत्र चीन-भारत युद्धमा सन् १९६२ मा चीनमा रहेको देखिन्छ । गरिबी निवारणका आयोजनाहरुको अवलोकन गरियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनले गरिबी निवारण गर्ने नीति अघि सारेपछि २० हजार जना व्यक्तिलाई खटाएको रहेछ, आजसम्म ८ करोड नागरिकलाई गरिबीको रेखामाथि ल्याएको तथ्य पेस गरेका थिए । त्यही ठाउँमा गरिबी निचारणमा टेवा पुग्ने गरी वा राज्यको सहयोगबाट किसान समूहले बिस्कुट कारखाना बनाएका रहेछन् । त्यसबाट वार्षिक १० लाख युआन समूहलाई आम्दानी हुँदोरहेछ । १२:३० बजे होटल यिन चेङ चेक-आउट गरी दिउँसोको खाना खाएर हामी सिचुवान रिभर टाउन अवलोकनपछि अलि होटलमामा पुग्यौं । त्यहाँ ङ्गारी प्रान्तका कमिस्नर डान बाद्वारा रात्रिभोजको आयोजना गरिएको थियो । वातावरण निकै उत्साहजनक थियो तर अक्सिजनको कमी भएको महसुस गरिएको थियो । भोजको अवसरमा दुवैतर्फका नेताहरु बिच सौहार्दपूर्ण राजनीतिक एवं सांस्कृतिक माहौल बनिरहेको थियो । तिब्बतको मेडिकल टिम र क. जीपी मैनालीले मलाई चेक-अपका लागि हस्पिटल लग्नुभएको थियो । रातमा असहज महसुस भएपछि क. सुबोध शेरपाइली मेरो कोठामा सुत्नुभएको थियो । २३ मेको बिहान ७:३० बजे होटल चेक-आउट र ब्रेकफाष्टपछि ल्हासाका लागि हामी कुन्सा एयरपोर्ट प्रस्थान गर्यो । १०:४० बजे ष्निजततखढडण्ड बाट हामी १२:३५ बजे ल्हासा गंगा एयरपोर्टमा अवतरण गरी पुनः साङ्ग्रिला होटलमा लन्च खाएर चिनियाँ कम्युनिस्ट पार्टी तिब्बतको पार्टी स्कुलमा पुग्यौं । त्यहाँ चिनियाँ कम्यनुस्ट पार्टी तिब्बतले स्कुलको सिकाइमा एक वर्षमा ४० वटा कक्षा सञ्चालन गर्दछ । एउटा कक्षामा ८० जनालाई सुविधाजनकरुपमा राख्न सकिन्छ । यो कक्षा ३२२ वर्गमिटरमा फैलिएको छ । त्यहाँ देशको नक्सा, जनसत्या, उत्पादन, वार्षिक आय चिनियाँ विशेषताको समाजवाद, गरिबी निवारण र समृद्धि आदि विषयमा छलफल भएको थियो । आर्थिक प्रशिक्षक र श्रोत व्यक्तिको व्यवस्था र अनुगमन पनि विभागीय काममा पर्दा रहेछन् । कुनै पनि व्यवसायलाई पलायन हुन नदिने उनीहरूको नीतिमा पर्दोरहेछ । पार्टी सदस्य र जनता एक भएर गरिबी निवारणमा लागेको देखियो । त्यसपछि पुरानो पर्टी कार्यालयमा रहेको म्युजियमको अवलोकन गरी होटल साङ्गिला गयौँ ।

२४ मेका दिन बिहान लगेज चेक आउट र ब्रेकफाष्टपछि हामीले सरङचङ गम्पोले १३ सय वर्षअगाडि निर्माण गरेको पोटला दरबार अवलोकन गरियो । त्यहाँ उनीहरुले नेपाली महिला भृकुटी रानी भएको नेपाल-तिब्बत बिचको सम्बन्ध प्रगाढ भएको कुरा पनि बताएका थिए । डिसेम्बर १९९४ मा युनेस्कोले विश्व सांस्कृतिक सम्पदा सूचीमा पोटला दरबारलाई राखेको थियो । त्यसपछि हामी तिबब्बतको अर्को सांस्कृतिक धरोहर जोखाङ मन्दिर गयौं । यो पनि सरङचङ गम्पोले नै बनाएका थिए । यो मन्दिरलाई शाक्यमुनि बौद्ध मन्दिर पनि भनिँदो रहेछ । मन्दिरमा हजारौं भक्तजनहरुले दर्शन गर्दारहेछन् । यो मन्दिर पनि विश्व सांस्कृतिक सम्पदा सूचीमा अभिलेखीकरण भएको छ ।

नौ लाख मानिसको बसोबास रहेको ल्हासा सहरलाई पवित्र भूमि पनि भन्दा रहेछन् । ल्हासाको क्षेत्रफल ३० हजार वर्ग किलोमिटर छ । ३ हजार घण्टा घामको आनन्द लिने यो सहरलाई सनसाइन सिटी पनि भनिँदो रहेछ । १३ सय वर्ष पुरानो इतिहास भएको तिब्बत चीनको पाँचवटा जातीय स्वशासित क्षेत्रमध्ये एक हो । चीनको भूगोलमध्ये १.२ मिलियन वर्ग किलोमिटर ओगटेको छ । हामी तिब्बत ४ दिनको अवलोकनपछि हामी १२:५० बजे ऋबद्धज्ञद्दछ को उडानद्वारा बेइजिङ प्रस्थान गयौं । स्थानीय समयअनुसार ४:४० बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा चीनका लागि महामहिम राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीका कमरेडहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । तत्पश्चात नेपाली दुतावासमा गयौँ । त्यहाँ पनि दुतावासमा महामहिम राजदुत र कर्मचारीहरुबाट स्वागत भयो । सो अवसरमा चीनमा उपचारमा रहनुभएका हाम्रो पार्टीका उपमहासचिव क. वर्षमान पुनसँग भेट हुने कुरा थियो । डाक्टरले अनुमति नदिएकाले सम्भव भएन तर पूर्वसभामुख क. ओनसरीको गरिमामय उपस्थिति रहेको थियो । नेपाली डिनरपछि हामी करिब ९:०० बजे वाङ्शोउ होटलमा चेकइन भयौं ।

२५ मेमा बिहान ब्रेकफास्टपछि हामी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको केन्द्रीय कार्यालय मा ९:०० बजे पुगेका थियौँ । कार्यक्रमको आयोजक चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको दक्षिण एसिया मामिला ब्युरोका महानिर्देशकद्वारा स्वागत तथा शिष्टाचार भेटघाट भएको थियो ।

१०:३० मा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री तथा केन्द्रीय सदस्य लिउ जिआन्चाओले आयोजना गरेको दिवाभोजपछि विषयगतरूपमा चिनियाँ विषेशताको समाजवाद, गरिबी निवारण र समृद्धि, चिनियाँ कम्युनिस्ट पार्टीका १८औं, १९औं र २०औं महाधिवेशनका निर्णयहरु, अन्तर्राष्ट्रिय जगतमा आएका तरंगहरु, असल छिमेकीको रूपमा नेपाललाई हेर्ने दृष्टिकोण, राजनीतिक र सामाजिक स्थायित्व, आर्थिक विकास, जातीय एकता, धार्मिक सद्भाव, बलियो सीमा सुरक्षा र जनताको समृद्ध जीवनबारे एवम् मार्क्सवाद-लेनिनवाद-माओविचारको विकसित रूप नै सि चिनफिङ विचारधारा भएको कुरा राख्नुभयो ।

यसै बिचमा हाम्रो भ्रमण दलका नेता क. अग्नीप्रसाद सापकोटा बिचमा पनि आपसी हितका विषयमा वान टु वान कुरा भएपछि हाम्रो दुई कम्युनिस्ट पार्टीको समान धारणा रहेको कुरा मिडियाको उपस्थितिमा राख्दै विदा भएर १:०० बजे हामी होटल वानशाउमा फर्कियाँ ।

२ः३० बजेदेखि चिनियाँ आधुनिकीकरणको अनुसन्धान केन्द्रका उपनिर्देशक प्रा. हुआङ कुनले विकासशील देशहरुको आधुनिकीकरणको मार्गमा चिनियाँ आधुनिकीकरणको ज्ञानको विषयसम्बन्धी गोष्ठी, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुल विभागको कार्यक्रममा ३ घण्टा ३० मिनेट ब्याख्या गर्नुभएको थियो । उहाँको भनाइ थियो, ‘चीनको विकासमा सोभियत संघ र अमेरिकी प्रविधिहरु भित्राएपछि मात्र हामी अगाडि बढेका थियौं । सोभियत संघको विघटनपछि हामीलाई केही चिन्ता भएको थियो । हामी हाम्रो आफ्नै अध्ययनले हामी आत्मनिर्भर भयौं । आज चीनलाई हेर्न विश्वभरिबाट पर्यटकहरु आँउदैछन् । जनताको सन्तुष्टी छ । पेसा व्यावसायबाट कोही पनि पलायन भएको छैन । मुख्य कुरा चिनियाँ जनताको एकता छ । चिनियाँ विशेषताको समाजवाद गरिबी निवारण र जनताको समृद्ध जीवनका लागि समय सीमा तोकेरै हामी अगाडि बढेका छौं ।”

६:०० बजे बेलुकाको खाना खाएर आराम गर्यो । २६ मेको बिहानको नास्तापछि ९:३० बजे हामी ग्रेट वाल अवलोकनका लागि त्यसतर्फ लाग्यौं । सुन्दर हरियाली र मनमोहक परिदृष्य हेर्दै ग्रेट वाल परिसर पुग्यौं । समय सीमा कम भएकाले थोरै समयमा केही अंशको अवलोकन गरी दिउसोको खानाका लागि होटल फर्कयौँ । खाना खाएर २:०० बजे चिनियाँ कम्युनिस्ट पार्टीको म्युजियममा पुग्यौं । त्यहाँ चीनको प्राचीन सभ्यता, जनअधिकारको संघर्ष, दीर्घकालीन जनयुद्ध, विजय र पुनर्निर्माण, आजको चीन र भोलिको सपनासमेत चित्रकला, मूर्तिकला र पूरा भिडियो समेत अवलोकन- अध्ययन गरियो । साँझ होटलमा फर्केर बेलुकाको खाना खाएर आराम गरियो ।

२७ मेका दिन बिहान ८:०० बजे ब्रेकफाष्टपछि तियानमेन स्क्वायर, अध्यक्ष क. माओत्सेतुङ मेमोरियल हलमा उहाँको समाधीमा श्रद्धाञ्जली अर्पण गरियो । होटल फर्केर लन्च खाएर दिउसोको सेमिनारको विषयवस्तु अगाडि आइसकेकोले स्थगन गरी बजार गर्नका लागि चिनियाँ साथीहरु, क. सुमन बुढाथोकी र क. हितमान शाक्यकी छोरीसमेतको सहयोगमा किनमेल गरी होटल फर्कियो । २८मे बिहान ६:३० मा होटल चेकआउट र ब्रेकफाष्टपछि ७:३० बजे बेएजिङ विमानस्थल प्रस्थान गरियो |९:३५ मा ऋज्ञघ को जहाजबाट वुहान प्रान्तको सियान सहर प्रस्थान गर्यो ।

११:३० मा सियान सहरको वुदाङ माउन्टेन विमानस्थलमा अवतरणपछि २५ मिनेट बसयात्रा गरी अरगाइल ग्राण्ड होटलमा १२:१० बजे स्वागतसहित संयुक्तरुपमा दिवाभोजमा सहभागी भयौँ । दिउँसोको खानापछि दोङ फेङ कमर्सियल गाडी कम्पनीमा अनुभवका लागि त्यहाँ पुगेर अवलोकन गरी त्यसपछि बसबाट ७० मिनेटमा बैजनी स्वर्ग वुदाङ पर्वतमा पुगेर प्राचीन ताओ धर्मको उद्गम स्थल धर्मगुरू लाओत्सेले ज्ञान प्राप्त गरेको बैजनी स्वर्गको दरबारको अवलोकनका साथै युवा युवतीद्वारा प्रदर्शन गरिएको ताई ची कम्फु पनि अवलोकन गरी होटल फर्केर चेकइनपछि संयुक्तरुपमा रात्रिभोजमा सहभागी भयौं ।

रात्रि आरामपछि २९ मे बिहान ८:०० बजे ब्रेकफाष्टपछि ८:३० बजे दनजियनको सहरमा दुई माउन्टेन स्पान्तरण केन्द्रमा पुग्यौँ । ३० मिनेटको अवलोकनपछि हुज्यालिङ कारखानाको २० मिनेट अवलोकनपछि हामी नङफु स्प्रिङ कारखानामा चिनियाँ आधुनिकीकरण सम्बन्धमा विस्तृत अध्ययनपछि अन्तर्राष्ट्रिय होटल हाङदान काइरूईमा १२:०० बजे लन्च खाएर हानदाङ पोर्टपियरमा प्रस्थान गरियो । सामान्य अवलोकनपछि अध्यक्ष माओद्वारा दक्षिण बगेको नदिलाई उत्तर फर्काएर बाँधिएको बाँधको पानी जहाजबाट अवलोकन गरियो । त्यसपछि बसबाट उच्चगति रेलवे स्टेसनतर्फ लागियो । उच्चगतिको रेलबाट वुहान सहरतर्फ प्रस्थान गरियो । करिब दुई घण्टामा गन्तव्यमा पुगियो ।

साँझ ६:३० बजे नानसाई मुलान होटलमा चेक-इनपछि डिनर खाएर सैद्धान्तिक कार्यक्रमको बारेमा ब्रिफिङका लागि ह्वाङघेहँलको सम्मेलन केन्द्र मा औपचारिक कार्यक्रममा विभिन्न देशका कम्युनिस्ट पार्टीका नेताहरुले भाग लिनुभएको थियो । हाम्रो पार्टीको तर्फबाट क. गणेश साहले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको समापनपछि होटल फर्केर रात्रि आरामपछि ३० मे ७:३० बजे ब्रेकफास्टपछि ८:०५ बजे नानसाइसुयो होङगु हलमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओए झौउसँग भेटघाट र आपसी विषयमा विचार विमर्श भएको थियो । यलो टावर कला संस्कृतिको अवलोकनका लागि त्यसतर्फ लाग्यौँ । अवलोकनपछि विज्ञान र प्रविधि विश्वविद्यालय हवाजङमा गई यन्त्र प्रविधि, प्रयोगशाला, मेडिकल ल्याब, उपकरणहरु विद्युतीय गाडीहरु सबै प्रविधिसम्बन्धी सबैको अवलोकन गरियो । दिउँसो होटलमा पुगी लन्च गरियो । ३:०० बजे बइलु हालमा प्रस्थान गरियो । त्यहाँ चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख तिङ ताओ इरहाओ र नेपाली प्रतिनिधि मण्डलका नेता क. अग्नीप्रसाद सापकोटा लगायत अन्य देशका प्रतिनिधि दोभाषेहरूसमेतको उपस्थितिमा प्रोटोकल बैठक अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको थियो । चिनियाँ विशेषताको समाजवाद गरिबी निवारण र समृद्धि भौतिक विकास सम्बन्धमा अन्य कम्युनिस्ट पार्टीका साथै हाम्रो पार्टीको तर्फबाट पार्टी उपाध्यक्ष क. अग्नीप्रसाद सापकोटाले सम्बोधन गर्नुभएको थियो । त्यसपछि हामी यात्से क्रुजमा साँझको डिनरका लागि नदी किनारमा जहाजमा खाना र लाइटिङको आनन्द लिने र फोटो सेसन गर्ने काम भयो । ८:०० बजे होटलमा फर्केर रातिको आरामपछि ३१ मेको बिहान ८:०० बजे ब्रेकफाष्टपछि वुहान सहरी योजना प्रदर्शनी (सिटी प्लानिङ एक्जिभिसन) हलमा पुगियो र अवलोकन गरी होटलमा फर्कयौं । हुपेई प्रान्तीय म्युजियमको अवलोकनपछि साँझ होटलमा फर्केर भयो ।

जुन १ को बिहान ८:०० बजे लगेज आउट र ब्रेकफाष्टसँगै भयो । ९:०० बजे अक्टोबर पार्क, लुओयान, ताल-तलैयाले घेरिएका रमणीय पार्कहरु रामसार महासन्धीमा प्रवेशको ३० औं वार्षिकोत्सव मनाउने प्रदर्शनीको पनि अवलोकन भएको थियो । दिउँसोको खानापछि अपरान्ह १:०० बजे हुपेई एअरपोर्टका लागि प्रस्थान गरियो । ३:३० मा फ्लाइट अशडठद्दठ बाट गोन्जाओ प्रस्थान गरियो । गोन्जाओमा दुई घण्टाको ट्रान्जिटपछि काठमाडौंका लागि प्रस्थान गरियो । नेपाली समयअनुसार रात्रि ११:३० बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।

कुशल र अनुभवी नेतृत्व, सक्षम तथा योग्य भ्रमण दलका सदस्य कमरेडहरु, हामीलाई गाइड तथा भाषा अनुवाद गर्ने चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका कमरेडहरूको भ्रमणकला-कौशलताले १४ दिनसम्म कुनै प्रकारको पट्यारको अनुभूति भएन । बरू भ्रमणलाई रोचक, उपलब्धिमूलक र ज्ञानबर्धक  बनाउन सब कमरडहरूका समान योगदान रहका थिया । चानया प्रशान्त महासागरका पश्चिमी किनारमा

पूर्वी एसियामा अवस्थित चीनको क्षेत्रफल ९.६ मिलियन वर्ग किलोमिटर छ । चीनको सिमाना पूर्वमा कोरिया, उत्तरमा मङ्गोलिया, उत्तर-पूर्वमा रूस, उत्तर-पश्चिममा कजाकिस्थान, किर्गिस्थान, ताजकिस्थान, पश्चिममा अफगानिस्थान, पाकिस्तान, भारत, नेपाल र भुटान, दक्षिणमा म्यानमार, भियतनाम र लाओस गरी १४ देशमा जोडिएको छ ।

चीनको भूभाग पश्चिममा उच्च छ र पूर्वमा झरेको छ । वेशी र मैदानहरुले देशको भूमि सतहको लगभग ३३% ओगटेको छ । पश्चिम चीनमा अवस्थित छिङहाई तिब्बत पठार विश्वको सबैभन्दा अग्लो पठार हो, जहाँ विश्वको सर्वोच्च शिखर चोमोलुङ्मा समुन्द्र सतहबाट ८८४८ मिटर उचाइमा छ । याङत्से नदी ६३०० किलोमिटर लामो छ । यो नदी संसारको सबैभन्दा लामो नदी हो । पहेँलो नदी चीनको दोस्रो ठुलो नदी हो । देशका धेरैजसो भागहरु उत्तरी समशितोष्ण क्षेत्रमा पर्दछन् र चार फरक मौसमहरु रहेको महाद्विपीय मनसुन, मौसम रहेको छ । वर्षा दक्षिणपूर्वबाट उत्तरपश्चिममा पर्छ । दक्षिणपूर्वी तटहरुमा प्रतिवर्ष १५ सय मिलिलिटर भन्दा बढीको औसतमा र उत्तरपूर्वी भित्री भूभागमा प्रतिवर्ष २०० मिलिलिटर भन्दा कम हुन्छ ।

५००० वर्षभन्दा बढीको रेकर्ड गरिएको इतिहासको साथै चीन संसारको सबैभन्दा पुरानो सभ्यतामध्ये एक हो । २२१ इसापूर्वमा किन सि हुवाङले एकताबद्ध गरे र २३०० वर्षभन्दा बढी साम्रज्य शासनको सुरूवात गर्दै पहिलो सम्राट बने । १९११ मा सन् यात्सेनको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो । युयान साङकाईको गलत नियतले सामन्तवादसँग मिली पुनः राजतन्त्रको स्थापना गरे । अक्टोवर १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । यसको राजधानी बेइजिङ हो । चीनमा २३ प्रान्त, ५ स्वायत्त क्षेत्र ४ नगरपालिका र २ विशेष प्रशासनिक क्षेत्र छन् । २०२१ सम्म यसको जनसत्या १.४४३ बिलियन छ । देशमा ५६ जातीय समूहहरु छन् । हान जाति कुल जनसत्याको ९०% छ । चीनले धार्मिक स्वतन्त्रतालाई अनुमति दिन्छ र प्रमुख धर्महरुमा बौद्ध, ताओ धर्म, इस्लाम, क्याथोलिक, इसाई धर्म समावेश छन् । २०२२ मा चीनको जिडिपि लगभग १२१.०२ ट्रिलियन आरएमबी थियो र यसको आयात र निर्यातको कूल मूल्य ६ ट्रिलियन अमेरिकी डलर थियो । चिनियाँ कम्युनिस्ट पार्टी सत्तारूढ दल हो । सि चिनफिङ चीनका वर्तमान राष्ट्रपति र लि छयाङ प्रधानमन्त्री हुन् ।

भ्रमणबाट प्राप्त अनुभूतिः

१. चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो वर्ग आधार मजदुर र किसानलाई नै केन्द्रमा राखेको र वर्ग पक्षधरतामा जोड दिएको देखियो ।

२. जनवादी केन्द्रीयतालाई कडाइका साथ लागु गरेको पाइयो ।

३. प्रान्तीय समितिहरुलाई अधिकार सम्पन्न भएको देखियो ।

४. सि चिनफिङको नीजि सम्पतिको लोभ गर्ने मानिस कम्युनिस्ट हुन सक्दैन भन्ने भनाइ व्यवहारमा नै लागुभएको अनुभूति भयो ।

५. पार्टी कमिटीहरु सानो तर विभागीय कामलाई कामकाजी बनाएको देखियो । विभागीय काममा धेरै युवाशक्ति समेटेको देखियो ।

६. गरिबी निवारणलाई पहिलो सूचीमा राखी ९ वर्षमा ८ करोड परिवारलाई गरिबी निवारण गरेको देखियो । बाँकीलाई समय सीमा तोकेर अगाडि बढेको देखियो ।

७. जनस्वास्थ्य, सरसफाइ, जेष्ठता, सेवाभाव, नम्रता, भ्रष्टाचाररहित समाज र आचरणका हिसाबले दिक्षित हुन चीन भ्रमण महाविद्यालय नै रह्यो ।

८. विश्व कम्युनिस्ट विकासको केन्द्र चीन बन्ने कुरामा विमति देखिएन ।

९. चिनियाँ विशेषताको समाजवाद भनेको आग्रह पूर्वाग्रह बिना मानवजातिको सुख समृद्धिका लागि मानवजातिले विकास गरेका ऐतिहासिक, पुरातात्विक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक स्थायित्व, आर्थिक विकास, जातीय एकता, धार्मिक सद्भाव, बलियो सीमा सुरक्षा र जनताको सन्तुष्ट जीवन हो ।

१०. मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङ विचारधाराको विकसित रूप नै सि चिनफिङ विचारधारा हो भन्ने उहाँहरुको भनाइ रह्यो ।

चीनले माथिका उपलब्धिहरु कसरी प्राप्त गन्यो भन्ने विषयमा हाम्रो सिकाइ के हुने ?

१. चीनमा जमिन व्यक्तिको हुँदैन । सबै राज्यको भएकाले जमिनको उपयोग राज्यको योजनामा हुन्छ । उत्पादनशील क्षेत्र, औद्योगिक क्षेत्र, आवास र पर्यावरणीय क्षेत्रको भरपुर उपयोग भएको छ ।

२. नीजि सम्पत्तिको लोभ नभएका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, अनुशासित दस्ता, व्यक्तिको होइन, विधिको शासन, अधिकारको प्रत्यायोजन, उत्तरदायित्व

३. समयको पालना, श्रममा विश्वास, राजनीति कमाउन होइन, सेवाको माध्यम मात्र हुनु पर्दछ ।

हाम्रो सिकाइलाई हाम्रो पार्टी र हाम्रो देशको उन्नति र प्रगतिको पक्षमा काम गर्न उपयोग गर्न सक्नुपर्दछ । अन्यथा हाम्रो सिकाइ र भोगाइको अनर्थ हुन जान्छ । नीजि सम्पत्ति कमाउन राजनीतिमा लाग्नु पर्दैन ? बरू उद्योग, व्यापार, जागिरमा लाग्न सकिन्छ ।

भ्रमणको क्रममा प्राप्त अनुभूति भाषाका कारण केही बुझाइमा फरक हुन सक्दछ । पाठक मित्रहरुमा यसको सार र भावलाई ग्रहण गरिदिन यहाँहरुमा सादर समर्पण ।

लेखक नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ –