प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

765Shares
प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

२०८१ असार १९ गते  काठमाण्डौ | प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो।