दाङमा चित्तलकाे सुकुटि सहित तीन जना पक्राउ

792Shares
दाङमा चित्तलकाे सुकुटि सहित तीन जना पक्राउ

साेमबार, १५ साउन, २०८०,
दाङ,
आइतबार दाङमा १७ किलो चित्तलको सुकुटीसहित प्रहरीले तीन जनालाई  पक्राउ गरेको छ ।

लमहीदेखि घोराहीतर्फ जाँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाइकल र बा ९१ प ११०७ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–३ कुईरेपानीमा जाँच गर्दा प्लास्टिकको जेब्रा झोलामा चित्तलको सुकुटी बोकेको भेटिएपछि सुकुटीसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।

पक्राउ पर्नेमा लमही नगरपालिका–६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका–६ का ३० वर्षीय मनोज थापा मगर र ३१ वर्षीय करण केसी रहेका छन् |

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ ।