सुपका यी स्थानमा कहिले हुने उपचुनाव ?

993Shares
सुपका यी स्थानमा कहिले हुने उपचुनाव ?

२२ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक प्रदेशसभा सदस्यसहित ५ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्य बझाङ १ क बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको असार ५ मा गाडी दुर्घटनामा परी निधन भएको थियो ।जिल्ला समन्वय समिति जिजस कैलालीका प्रमुख पदमबहादुर कलेलको निधनपछि पद रिक्त रहेको छ । डोटीको पूर्वाचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको पनि निधनपछि पद रिक्त छ । यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उता दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको पनि निधनपछि पद रिक्त छ ।आयोगका अनुसार देशभरका विभिन्न १८ जिल्लामा सिंहको प्रदेशसभा सदस्य समेत स्थानीय तहका गरेर २१ जनप्रतिनिधिको पद रिक्त रहेको छ । त्यसमा थप बिहीबार बिहान निधन भएका काठमाडौं महानगरपालिका वडा नं। १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि थप एक पद रिक्त हुन पुगेको छ ।यस्तै प्रदेशतर्फ एक प्रदेशसभा सदस्य र संघीय संसदतर्फ ३ सांसद निलम्बनमा छन् । उनीहरु भ्रष्टाचार र हत्या आरोपमा मुद्दा पूर्पपक्षका लागि कारागार थुनामा छन् । मुद्दाको अन्तिम टुंगो लागेर दोषी ठहर भएको खण्डमा मात्र उनीहरुको पद रिक्त हुने जानेछ ।रिक्त स्थानमा उपचुनाव गर्ने तयारीमा लागेको जनाइएको छ । संविधानले सबै तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेको छ । कार्यकार्यकाल ६ महिनासम्म बाँकी रहेको अवस्थामा रिक्त पदमा उपचुनावबाट पद पूर्ति गर्नुपर्ने व्यवस्था छ ।