युवाहरुलाई दूव्र्यसनीबाट जोगाउनका लागि गम्भीर रहेको : गृहमन्त्री लामिछाने

783Shares
युवाहरुलाई दूव्र्यसनीबाट जोगाउनका लागि गम्भीर रहेको : गृहमन्त्री लामिछाने

१२ असार काठमाडौं ।लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ । नेपालमा ’लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ प्रभातफेरी निकालिएको छ ।

र्यालीपछि गृहमन्त्रालयको मूल समारोह समितिले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सरकार नेपाली जनता, युवाहरुलाई दूव्र्यसनीबाट जोगाउनका लागि गम्भीर रहेको बताउनुभयो ।

मैले गृह मन्त्रालय सम्हालेपछि कुनै भागबन्डा चाहिँदैन् र कुनै घुसको रकम चाहिँदैन् । मलाई कुनै ठेक्का पट्टामा टेन्डर मिलाउनुपर्दैन् । मलाई कुनै आफन्तहरूको भर्ति गर्नुपर्छ भन्ने छैन् । तपाईँहरूको सरुवा बढुवा केहीमा पनि मलाई कुनै चासो छैन् । बस् आफ्नो कर्तव्य पालना गर्नुहोस् । आफ्नो बर्दी जोगाउनुहोस् । यो देश र युवा जोगाउँनुहोस् । मलाई केही चाहिँदैन् । कुनै गैरकानुनी अडर म दिने छैन् ।

यसका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि चलेका छन् । प्रहरीले पक्राउ गर्ने, रिहाव सेन्टरमा लिने, बिक्री वितरण गर्नेहरुलाई पक्राउ गर्ने कुरा निरन्तर चलि नै रहेको छ । तर यो निरन्तर चलिरहँदा दुव्र्यसनीको संख्या पनि निरन्तर बढी नै रहेको छ । कहीँ न कहीँ कतै न कतै तालमेल मिलेको छैन । अर्थात यहाँ कसै न कसैले इमान्दारितापूर्वक काम गरेको छैन ।