१० असार काठमाडौं । अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ ।आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९।४ ओभरमै विकेट नगुमाई भेटाएर अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो ।