दीपक शर्मा
५ असार बर्दिया । रोजगारका लागी विदेश जानै पर्ने अवस्थाको न्युनिकरण गर्नका लागी कृषि व्यवसायलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने नेपाली काग्रेस बर्दियाका सचिव जग्गा प्रसाद पाण्डेले बताउनु भएको छ ।
गाउ घरमा खेत बाझो रहेको हुन्छ पैसा कमाउनका लागी युवाहरु विदेश जाने गरेको देख्दा स्वदेशमै केहि गर्न सकिन्छ भनेर आफुले कृषि व्यवसाय पनि गर्दै आइरहेको बताउनु भयो । राजनिति सेवा हो , नेताहरुले उदाहरणीय कार्य गर्नु पर्दछ जसको सिको कार्यकर्ताले गर्ने पाण्डेको भनाई थियो । बर्दियाको मधुवन नगरपालिका वार्ड ३ आफनै घर नजिकै माछा पोखरी निर्माण गरी केहि स्थानियलाई रोजगारी समेत दिएका पाण्डेले कुनै पनि दलका नेता तथा कार्यकर्ताले राजनितिलाई कमाई गर्ने थलो बनाउनु भन्दा कृषि लगायतका अन्य कार्यमा जोडिन आग्रह समेत गर्नु भएको छ ।
पार्टिको काम जिम्मेवारी पनि छ त्यसमा पनि समय दिनुपर्छ साथै कृषि व्यवसायलाई पनि प्रोत्साहन गर्नका लागी आफुले माछा पालन कार्य गरिरहेको बताउनु भयो ।साथै उहाले स्थानिय तहले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने समेत बताउनु भयो ।