२०८१ असार ३, सोमबार काठमाडौ ।काठमाडौं उपत्यकामा ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।
ऐनले ढुवानीमा अवरोध, बन्द हडताल गर्न नपाइने व्यवस्था गरेको छ । तर, ऐनविपरीत नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारे । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबार थानकोट डिपोबाट इन्धन उठाएनन् ।
जेठ ३२ गतेदेखि कालोपट्टी बाँधेर काम गरेको र सोमबारदेखि बागमती प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याई विरोध प्रदर्शन गरिरहेको लामाले बताए ।’