३ असार काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले हराउँदै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।