१ असार काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको लक्ष्य पाएको छ ।शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन बनाएको हो ।दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न नेपालबाट सात विकेट नै स्पिन बलरले लिए । नेपालका कुशल भुर्तेलले चार विकेट लिए । चार ओभर बलिङ गरेका भुर्तेलले १९ रनमात्र खर्चिए । दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले २१ रनमात्र खर्चिए । यसबाहेक, किफायती बलिङ गरेका सन्दीप लामिछानेले विकेट नलिए पनि चार ओभरमा १८ रनमात्र खर्चिए ।