राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीता आयोजना गरेको सांगीतिक क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्नका लागि राष्ट्रव्यापी गायन प्रतियोगिताको उपाधि मकवानपुरका दीपक राज कालिराजले चुमेका छन्।यहि बिहिबार गरिएको फाइनल राउण्डमा प्रतिष्पर्र्धी प्रतिभाशाली युवाहरु मध्येबाट मकवानपुरका दिपक राज कालीराज प्रथम हुनुभएको थियो भने धनुषाका राजा राजपुत द्वितिय र रुपन्देहिका सुरज खातीले तृतिय स्थान हाँसिल गर्न सफल भएका छन् ।
काठमाण्डौँमा भौतिक उपस्थितीमा प्रतियोगी बीच प्रतिस्पर्धा गराई उत्कृष्ट ३ जनालाई बिजयता गराइयेको छ । प्रतियोगीताको आयोजक राष्ट्रिय युवा परिषद र सह– आयोजक मिसन सञ्चार मल्टिमिडीया ग्रुप प्रा.लि. रहेको थियो । ३ जना मध्य पहिलो मकवानपुरका दीपक राज कालिराज दोर्सो धनुषाका राजा राजपु। तेर्सो रूपन्देहीका सुरज खाती रहेका हुन् ।
जसमा संगीतकार वि.पी. वाग्ले, लोकदोहोरी गायीका देवी घर्ती मगर र गायक भद्र वली लाई निर्णायकको भूमिकामा राखिएको छ भने अन्य अतिथी जुरी तथा प्री जर्जको लागि केहि ख्याती प्राप्त कलाकार चलचित्र निर्देशक, गायक/गायीका, संगीतकारहरु उपस्थित रहेका ।
उनीहरुमध्ये २१ युवा प्रतिभाहरुलाई छनौट गरी फिजिकल अडिसनमार्फत् विजेता घोषणा गरिएको हो ।
उक्त कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रशारण र विभिन्न सामाजिक सञ्चालबाट प्रचार प्रसार समेत गरिएको छ । साथै प्रतियोगितालाई नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद्का उच्च व्यक्तित्व तथा प्रतिनिधिहरुको सहभागीतामा पुरस्कार सहित सम्मानित गरिएको छ ।नेपाल पर्यटन वोर्डको हलमा संचालीत उक्त राष्ट्रिय युवा गायन प्रतियोगिताको समापन समारेहको अवसरमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र वस्नेत साथै समाजसेवी तथा सल्लाहकार गेहेन्द्र प्रसाद ढकाल तथा कार्यक्रमका निर्देशक दियोजित वली, क्रियटीभ निर्देशक मोनिका सुवेदी, सह निर्देशक शितल वाग्ले र सह क्रियटीभ निर्देशक गणेश पोखरेलले कार्यक्रम सफल बनाउन अग्रणी भूमिका निर्वाह गरेका थिए ।