२६ जेठ काठमाडौँ । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरु यसको सिक्वेलको व्यग्र प्रतीक्षामा छन् ।अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ । यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदैछ ।बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत अगष्ट १५ का दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन् । ‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ अगष्ट १५ को स्वतन्त्रता दिवसको दिन ठूलो पर्दामा रिलज हुनेछ । ‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’ पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो ।