२३ जेठ बर्दिया । लागु औषध ब्राउन सुगर सहित बाँके र बर्दियाबाट ३ जना पक्राउ परेका छन ।
बर्दिया प्रहरीका अनुसारगुलरिया नगरपालिका ११ गणेशपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित मधुबन नगरपालिका ७ ताराताल बस्ने २४ वर्षीय अजय सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसै गरी बाँकेको खजुरा गाउँपालिका २ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिवस खनाल र सोही गाउँपालिका १ बस्ने २७ वर्षीय आकाश थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कृष्ण लाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।