२२ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो र यसबारे आएका समाचारलाई लिएर परेको मुद्दाको फैसला ढाकाकुमार श्रेष्ठको पक्षमा आएको छ । जिल्ला अदालतले रास्वपाको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठसम्बन्धी मुद्दामा फैसला सुनाएको हो ।रास्वपाको तर्फबाट महामन्त्री मुकुल ढकालले जनआस्था पत्रिकासहित पाँच जनाविरुद्ध अदालतमा २०८० जेठ १४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश पदमराज पाण्डेयको इजलासले अन्तिम फैसला सुनाउँदै दाबी नपुग्ने फैसला सुनाएको हो ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको सम्बन्धी अडियो विवादमा श्रेष्ठले जनआस्था साप्ताहिक मार्फत दिएको अभिव्यक्ति निराधार,कपोलकल्पित, एवं भ्रामक भएको जिकिरसहित मुकुलले मुद्दा दायर गरेका थिए । त्यतिबेला श्रेष्ठले घुस बार्गेनिङ गराउन ढकालसहितको भूमिका रहेका जिकिर सञ्चारमाध्यममार्फत गरेका थिए ।